site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्याजदर वृद्धिविरुद्ध व्यवसायीहरू सडकमा (तस्बिरहरू)

काठमाडौं । बैंकहरूले चर्काे रूपमा ब्याजदर बढाएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

कर्जा असुली, लिलाम गर्ने धम्की र बैंकको ब्याजदरमा अस्वभाविक वृद्धि भएको भन्दै शुक्रबार माइतीघर मण्डलमा आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले ब्याजदर बढाउन लिएको नीति गतल भएको बताए । यो नीतिले उद्योगी र व्यवसायीहरू धरासायी हुने उनको भनाइ छ । 

अहिलेको अर्थतन्त्रका अवस्थालाई देखाएर राष्ट्र बैंकले व्यवसायीहरूलाई व्यवसाय गर्न नसक्ने अवस्था बनाउँदा अर्थतन्त्रमा झन् जटिलता आउन सक्ने आन्दोलनमा उत्रिएका व्यवसायीहरूको भनाइ छ । 

बैंकहरूको ब्याजदर स्थिर हुनपर्ने उनीहरूको माग छ । उद्योगका लागि एक अंकमा बढी हुन नहुने र व्यापारमा एक÷दुई प्रतिशतमात्र थप गरी लगानी योग्य पुँजीको व्यवस्था गर्न पनि माग गरका छन् । 

बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एल्सी शुल्कमा भएको दोब्बर वृद्धिलाई गत वर्षकै जति लिन पाइने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।

तस्बिरहरू : सुनिल महर्जन/बाह्रखरी

Aganist Bank Interest 71667547687.jpgAganist Bank Interest 11667547679.jpgAganist Bank Interest 61667547685.jpgAganist Bank Interest 41667547683.jpgAganist Bank Interest 31667547682.jpg

Aganist Bank Interest 51667547684.jpgAganist Bank Interest 81667547679.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro