साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ले एक सातामा ४ करोड ५७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । कात्तिक ११ गतेबाट रिलिज भएको चलचित्रले एक सातामा ४ करोड ५७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको महापुरुषका कार्यकारी निर्माता रबिन्द्र सिँह बानियाँले जानकारी दिए ।
यो चलचित्रले तीन दिनमा ३ करोड २७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । बिदा सकिएपछि हलमा अकुपेन्सी केही घटेको हो ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् ।
हरिवंश र गौरीसँगै रविन्द्र सिँह बानियाँ, अरुण क्षेत्री, रञ्जना बराइली, राजाराम पौडेललगायत कलाकार पनि सिनेमाको मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ ०८:३९
प्रतिक्रिया दिनुहोस्