अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले पोखरा महानगरपालिकाको वडा नम्बर १७ को बिरौटा र वडा नम्बर २४ को पामेमा गरी दुई शाखा सञ्चालनमा ल्याएको हो ।
दुईवटा शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २९२ पुगेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्