अर्थ व्यवसाय
काठमाडौं । बंगलादेशले नेपालको जलविद्युत् क्षेत्रमा लगानी र खरिद गर्न तयार रहेको जनाएको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारमा निजी क्षेत्रको उद्योगसम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमी सलमान एफ रहमानबीचको भेटवार्तामा सल्लाहकार रहमानले यस्तो बताएका हुन् ।
उनले नेपालबाट तत्कालै ५० मेगावाट विद्युत् खरिद गर्ने विषयमा छलफल भएको जानकारी गराए ।
सो क्रममा आउँदा दिनमा बंगलादेश सरकार तथा निजी क्षेत्रबाट नेपालमा करिब तीन अर्ब अमेरिकी डलरबराबरको लगानी गरिने पनि जानकारी गराइयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ २३:५८
प्रतिक्रिया दिनुहोस्