site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध एपीएफको सहज जित
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध १० विकेटको सहज जित हासिल गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको सामान्य लक्ष्य एपीएफले ११.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । एपीएफको जितमा ओपनरद्वय आशिफ शेख र प्रदीप ऐरीले अविजित क्रमशः ४२ र २५ रन जोडे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि, एपीएफका भुवन कार्कीले चार विकेट लिएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिम २७ ओभरमा ६७ रनमै समेटिएको थियो । सुदूरपश्चिमका कप्तान राजु रिजालले २४ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न चार विकेट लिएका भुवनले नौ ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए । कमलसिंह ऐरी र मौसम ढकालले समान दुई विकेट लिँदा किशोर महतो र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए ।

Royal Enfield Island Ad

सात प्रदेश र तीन विभागीय टिमसहित १० टोलीको सहभागिता रहेको प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको थियो ।

सुदूरपश्चिमको भने यो दोस्रो हार हो । सुदूरपश्चिम पहिलो खेलमा गण्डकी प्रदेशसँग ६९ रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro