site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमबाट विनोदले ४१ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे । एनपीएलमा विनोदको यो पहिलो अर्धशतक हो ।

जारी खेलको १३ ओभरको खेल सकिँदा सुदूरपश्चिमले एक विकेट गुमाएर १०६ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । पराजित हुने टिमले भने इलिमिनेटर विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro