site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको घोषणापत्र : अब ४० प्रतिशत व्यावसायिक शिक्षा, निःशुल्क गर्न भौचर प्रणाली 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसले अबका दिनमा ४० प्रतिशत व्यावसायिक शिक्षा दिने प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गरेको छ ।

शिक्षा र स्वास्थ्य निःशुल्क हुने घोषणा गरेको कांग्रेसले निजीमा विद्यार्थीले तिरेसरह सार्वजनिक शिक्षामा राज्यले लगानी गर्ने नीति लिने भन्दै बेरोजगारी समस्या समाधानका लागि ४० प्रतिशत व्यावसायिक शिक्षा दिने नीति ल्याउने जनाएको हो ।

Agni Group
NIC Asia

आइतबार सानेपामा कांग्रेसको घोषणापत्र तयारी समितिका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रको नेतृत्व गरेका डा. कृष्ण पौडेलले आगामी शिक्षा नीतिका विषयमा यस्तो बताएका हुन् ।

“शिक्षा ऐच्छिक हुनेरहेछ । चीनमा समेत पैसा तिरेर पढ्न पाउने व्यवस्था छ,” डा. पौडेलले भने, “भौचर प्रणालीमार्फत जाने भनेका छौँ । राज्यले एक विद्यार्थीलाई कति लगानी गर्छ, त्यतिबराबरको खर्च भौचर प्रणालीमार्फत राज्यले दिनेछ ।”

Global Ime bank

उनले राज्यले गरेको लगानीअनुसारको सिकाइ उपलब्धि भए/नभएको अनुगमनको प्रणाली पनि स्थापित गरिने बताए ।

“सिकाइको संकट छ । शिक्षा पूरा गरेपछि बजारमा रोजगारी पाउन मुस्किल छ,” डा. पौडेलले भने, “त्यसैले बेरोजगारी समस्या सम्बोधन गर्न ४० प्रतिशत व्यावसायिक शिक्षामा जोड दिने भनेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय