site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं-३ मा कांग्रेसका चालिसे, काठमाडौं-१० मा प्रतिस्पर्धा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर–४ को निर्वाचनका लागि गठबन्धनका साझा उमेदवार तय गरेको छ । यसरी तय गर्दा काठमाडौंमा विवादित देखिएका दुई निर्वाचन क्षेत्रमा दुई प्रकारको निर्णय भएको छ । 

काठमाडौं–३ र काठमाडौं–१० मा नेपाली कांग्रेस र नेकपा (माअ‍ोवादी केन्द्र)को छुट्टाछुट्टै उमेदवारी परेका थियो । यी क्षेत्रका विषयमा सत्ता गठबन्धनका नेताहरुले निर्णय गरेका छन् । जसमा काठमाडौं–३ मा कांग्रेस उमेदवार सन्तोष चालिसेलाई नै गठबन्धनले आधिकारिक उमेदवार बनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

माओवादी केन्द्रका उमेदवार बद्री बजगाईंलाई भने गठबन्धनको मान्यता नदिने र उनको उमेदवारी निस्क्रिय पार्ने जिम्मा माओवादी केन्द्रलाई दिइएको छ । काठमाडौं–३ को ‘ख’मा भने मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ नेपाली कांग्रेसका तर्फबाट विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाल उमेदवार छन् । उनीहरुबीच मित्रवत् प्रतिस्पर्धा गर्न दिने निर्णय सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

यता काठमाडौं–१० मा भने गठबन्धनकै दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । काठमाडौं १० मा ०७० को निर्वाचनमा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर संसद् छिरेपछि लगातार सांसद रहेका राजेन्द्र केसी उमेदवार छन् । यो क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट अञ्जना विशंखेले उमेदवारी दिएकी छन् । गठबन्धनका शीर्ष नेताहरुले उनीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन दिने निर्णय गरेका छन् । 

Royal Enfield Island Ad

काठमाडौं १० अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’मा पनि कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जन उमेदवार छन् । उनीहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन दिने निर्णय गठबन्धनका नेताहरुबीच भएको छ । 

सत्ता गठबन्धनका नेताहरुको बैठकबाट संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनका साझा उमेदवार नभएका स्थानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक भएसँगै उनीहरुले तयार पारेको लिस्ट पनि बाह्रखरीलाई प्राप्त भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro