site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आणविक युद्ध भइहाल्यो भने ज्यान जोगाउने उपाय पनि छन् ?
Sarbottam CementSarbottam Cement

वासिङ्टन ।  विश्वमा आणविक युद्ध हुनेजस्तो देखिन्न तर हालै रुसले आणविक आक्रमणको चेतावनी दिन थालेकोले यस्तो आक्रमणबाट बच्ने उपायप्रति सबैको ध्यानाकर्षण हुन थालेको छ । यस्तो स्थितिमा केही सुरक्षा उपायहरुबारे सिकेका खण्डमा मानिसको बाँच्ने सम्भावना बढ्न सक्छ । 

नजिकै आणविक बम विस्फोट भएको खण्डमा के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने विषयमा यहाँ १३ वटा बुँदा छन् । युक्रेन युद्धमा होमिएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक परेको खण्डमा आणविक हतियार पनि उठाइने भनाइ पटक पटक दोहोर्‍याइसकेका छन् । 

अमेरिकाले पनि यस्तो सम्भावना नरहेको भन्न नसक्ने संकेत दिइसकेको छ ।  आणविक हतियारको आविष्कार भएयता विश्वमा दुईपटक मात्र यसको प्रयोग भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसलाई दुवैपटक अमेरिकाले प्रयोग गरेको थियो । 

तर त्यसपछि यसको प्रयोगका कारण मानव सभ्यताकै अन्त्य हुन सक्ने भयका कारणले विश्वका नेताहरुले यसको लाल रेखा पार गर्न साहस नजुटाउने देखिन्छ । 

Global Ime bank

विश्वका नौ वटा मुलुकसँग करिब १२ हजार ७ सय वटा आणविक हतियार रहेकाले सदैव यस युद्धको खतरा रहेकै छ । 
सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसालेको थियो । आणविक बम विस्फोट नजिक रहेकाहरुको ज्यान जाने त निश्चितै छ तर अलि परै रहेका मानिसहरुले बाँच्नका लागि केही उपाय अपनाउन सक्छन् । 

यदी तपाईंको नजिक नै आणविक बम विस्फोट भएको खण्डमा तपाईंले केही पनि गर्न सक्नु हुन्न । 

खतरा न्यूनीकरण गर्नु महत्त्वपूर्ण हुन्छ । यदी यस्तो बम अमेरिकामा खसालिएमा जस्तोसुकै पूर्व तयारी रहे पनि घटनास्थल नजिकका मानिसहरु मर्ने देखिन्छ । बम विस्फोट हुँदा ठूलो सुन्तला रंगको आगोको डल्लोसहित अकल्पनीय उज्यालो किरण फैलिने छ । 

एकै निमेषमा वरपरका दसौं हजार मानिसको ज्यान जानेछ । केही माइल पर रहेका मानिसहरुलाई पनि तेस्रो डिग्रीको जलन हुनेछ । घटनास्थल देखि ५३ माइलसम्म टाढा रहेका मानिसहरुले केही समय आँखाले नदेख्न सक्छन् । त्यसपछि लामो समयसम्म मानिसहरु रेडियोधर्मी विकिरणको शिकार बन्नुपर्ने छन् । 

यसैका कारण ‘आणविक हिउँद’ सुरु भई विश्वमा भोकमरी हुनेछ । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अचानक आणविक बम विस्फोट भएमा भुँइमा मुखको बलले पल्टिने र हातहरु शरीर मुनि राख्नु पर्दछ । यसो गर्दा उड्ने भग्नावशेष र तापबाट मुख र हातलाई बचाउन सकिन्छ । विस्फोटको प्रभाव अलि थामिएपछि उठेर कतै शरण लिन दौडिन सकिन्छ । 

विस्फोटन भएतिर प्रत्यक्ष हेर्नु हुन्न । विस्फोटको अति उज्यालो प्रकाशको कारण मानिसहरु करिब १५ सेकेन्ड देखि १ मिनेटभित्रै आँखा नदेख्ने हुन सक्छन् । त्यसैले आँखा छोप्नु पर्दछ । 

रुमाल वा कुनै कपडाले अनुहार छोप्नु पर्दछ । घटनाका बेला साथमा रुमाल वा स्कार्फ भएमा नाक र मुख छोप्नु पर्दछ । किनभने भग्नावशेष छरिँदा श्वास फेर्न कठिन हुन्छ । 

कारमा लुक्न खोज्नु हुन्न । काँचको झ्याल र धातुका फ्रेमले आणविक प्रभावबाट जोगाउन सक्तैनन् । विकीरण फैलिरहेका बेला कार चलाएर भाग्न पनि कठिन नै हुन्छ । भूमिगत पार्किङ गराजमा कारभित्र घोप्टो परेर बस्नु राम्रो हुन्छ ।

लुक्नका लागि इँटा वा कंक्रिटबाट बनेका भवनहरुको छनोट गर्नु पर्दछ । ती स्थल सबैभन्दा बढी सुरक्षित हुन्छन् ।

घुम्ति घर भने खतरनाक हुन सक्छ । आफु रहेको स्थान वरपरको १५ मिनेटको दूरीमा पनि कुनै भवन छैनन् भने खुल्ला आकास मुनि रहनु भन्दा अन्य कुनै उपाय तत्काल खोज्नु राम्रो हुन्छ । यदि नजिकै कतै सुरक्षित भवन छ भन्ने हेक्का भएपनि त्यतातिर जानु अघि करिव एक घण्टा प्रतिक्षा गर्नुपर्दछ । 

किनभने त्यतिन्जेलसम्ममा विकीरणको खतरा करिब ५५ प्रतिशतले घटिसकेको हुन्छ । घरभित्रै भए पनि आणविक विस्फोटको बेला झ्याल नजिक बस्नु हुन्न । 

अग्लो भवनमा रहेको अवस्थामा बीचको तल्लामा बस्नुपर्छ । कोठामा झ्याल छन् भने झ्यालभन्दा टाढा र कोठाको मध्य भागमा बस्नु पर्दछ । किनभने विस्फोटको कारण झ्यालका ऐनाका टुक्राहरु १० माइल पर सम्म हुत्तिन सक्छन् । 

हिटर र एयरकन्डिसनहरु बन्द गरिदिनु पर्छ । ती चिजले बाहिरबाट हावा तान्ने भएकाले बाह्य दुषित वस्तुहरु भित्रिने खतरा बढ्छ ।

यथाशिघ्रै सम्पूर्ण शरीर स्नान गर्नुपर्दछ ।  न्यानो पानी र हल्का सावुन प्रयोग गर्नुपर्छ । शरीरमा बेस्सरी माड्दा छाला जाने सम्भावना हुन्छ । 

स्नान गर्दा घाउ चोटपटक छन् भने तिनलाई छोप्नुपर्छ । चिसो कपडाले नाक, कान र आँखाका ढकनी पुछ्नु पनि अर्काे राम्रो विकल्प हो । 

स्याम्पु प्रयोग गरिसकेपछि कन्डिसनर प्रयोग गर्नु हुन्न । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement