site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा डेंगी सङ्क्रमित दुई हजार नाघे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चितवन । चितवनमा डेंगी सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार ८५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार १६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा ८२२ पुरुष र ६२९ महिला छन् । ४५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने २५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म ५५९ पुरुष र ४१९ महिला गरी ९७८ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । 

यस्तै खैरहनी नगरपालिकामा १२४, माडीमा २८, रत्ननगरमा १९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको केसीले बताए । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेंगी सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro