site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेटौँडाको बसपार्क नजिकको एक होटेलमा आगलागी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

मकवानपुर । हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आज दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो । 

Agni Group
NIC Asia

आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ । होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन् । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu