site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल ९ ओभरमा घटाइयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण ९ ओभरमा घटाइएको छ । 

सोमबार होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरेपनि वर्षाका कारण दिउँसो ०१:४५ बजेदेखि सुरु हुने भनिएको खेल अवरुद्ध बनेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षाका कारण ९ ओभरमा घटाइएको खेलको पावर प्ले तीन ओभरको हुनेछ । 

समूह-२ मा रहेका दुवै टिमको सुपर-१२ मा पहिलो खेल हो । 

Global Ime bank

यी दुई टिम दोस्रोपटक ट्वान्टी-२० विश्वकपमा खेल्न लागेका हुन् । यसअघि सन् २०१२ मा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेमाथि १० विकेटको सहज जित निकालेको थियो । 

आजै भएको पहिलो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले पराजित गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय