site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकारले गत चैतमा अपाङ्गता भएका व्यक्तिहरूसँग एक महिनाभित्र कार्यान्वयन गर्नेगरी सम्झौता गरेको थियो । अरू सम्झौतामा जस्तै यसपटक पनि सरकारी अधिकारीहरूले बेइमानी गरे । अर्थात्, सम्झौता कार्यान्वयनको प्रयास गरेनन् ।  फलस्वरूप अपाङ्गता हुनेहरूले सम्झौता कार्यान्वयनका लागि फेरि सडक आन्दोलन गर्नु परेको छ ।  

अपाङ्गता हुनेहरूको आन्दोलनबाट सडक अस्तव्यस्त उनीहरूमात्र होइन उपत्यकाका अरू लाखौं मानिसले सास्ती भोग्नुपर्‍यो । अपाङ्गता हुनेहरूले नयाँ मागहरू राखेका पनि होइनन् । मूलतः प्रचलित संविधान र कानुनमा भएका अधिकारकै  प्रचलन गराउन उनीहरूले आन्दोलन गर्नुपरेको हो । प्रचलित कानुन कार्यान्वयनका लागि पनि एकपटक आन्दोलन गरेर पुगेन । पटकपटक सडकमा उत्रेपछि बल्ल सरकारी अधिकारीले ध्यान दिन्छन् । 

KFC Island Ad
NIC Asia

सरकारसँग वार्ताको क्रम सुरु हुन्छ । अधिकांश समयमा त वार्ताका लागि सरकारले खटाउने व्यक्तिले समस्याको प्रारम्भिक जानकारी पनि राख्दैन । यस्तै उनीहरूसँग माग सम्बोधन गर्ने अधिकार र आँट पनि हुँदैन । टालटुल गरेर तत्कालको समस्या पन्छाउनेमात्र सरकारी अधिकारीको ध्याउन्न हुन्छ । त्यसैले सहमति सम्झौता गरेपछि बिर्सने गरिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरूको यसपटकको आन्दोलन सरकारको यही बेइमान चरित्रको उदाहरण हो । सरकारले प्रतिबद्धता प्रकट गरेर पनि कार्यान्वयन नगर्दा आन्दोलनकारीमात्र होइन अरू सामान्य नागरिकमा पनि राज्यप्रति विश्वास समाप्त हुन्छ । नागरिकको विश्वास खण्डित भए भयो भने सम्बन्धित राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्छ । 

प्रधानमन्त्री दाहालले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता पालन नगर्दा संसद्मा राष्ट्रपतिको सम्बोधनपछि पारित गरिने धन्यवाद प्रस्तावसमेत प्रस्तुत हुन पाएन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद्का दुवै सदन अवरुद्ध गरेर प्रधानमन्त्रीलाई प्रस्ताव राख्न दिएन । फलस्वरूप, सम्बोधनपछि संसद्ले राष्ट्राध्यक्षलाई धन्यवाद दिने विश्वव्यापी संसदीय प्रचलन खण्डित भयो ।

सम्भवतःनेपाली कांग्रेससँग मंगलवार बिहान सहकारी ठगीको छानबिनका लागि संसदीय समिति बनाउने प्रतिबद्धता प्रकट गर्दा नै प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति गर्ने तर कार्यान्वयन नगर्ने मनःस्थिति बनाएका थिए । कांग्रेसका नेता पनि संयुक्त सदनमा राष्ट्रपतिको सम्बोधन बिथोल्न नहुने मानसिक दबाब परेका थिए । यसैले दुवै पक्ष सहमतिका लागि सजिलै राजी भएको हुनुपर्छ । 

सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनमा गृहमन्त्री रवि लामिछानेले गाँठो पारेका छन् ।  सहकारी ठगीमा नाम आएका लामिछानेउपर पनि छानबिन हुनुपर्छ भन्ने कांग्रेसको अडान देखिन्छ । अर्कातिर, प्रधानमन्त्री दाहाल भने लामिछानेमाथि छानबिनका लागि सहमत भए सत्तारुढ गठबन्धनको गाँठो नै फुस्कने डरले आत्तिएको हुनुपर्छ ।  

राज्यप्रति जनविश्वास खण्डित हुने अवस्था उत्पन्न हुनु एउटा गठबन्धन बन्नु र बिग्रनु वा कुनै सरकार बन्नु वा ढल्नुभन्दा दूरगामी महत्त्वको विषय हो । यसैले व्यक्ति वा सत्ताको लाभहानिबाट माथि उठेर देशको माया गर्ने राजनीतिकर्मीका साथै नागरिक समाज र प्रबुद्ध वर्गले राज्यप्रति जनविश्वास खण्डित हुन नदिन गम्भीर मनन गर्नु अत्यावश्यक देखिन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro