site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा आज पनि वर्षा, भोलिबाट मौसम सुधार हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज पनि वर्षा हुने भएको छ । केही स्थानमा भने बिहानैबाट वर्षा सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत काठमाडौंका केही स्थानमा बिहानै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर काठमाडौंको मौसममा बदली हुनेछ,” मौसमविद् शरोज पुडाशैनीले बाह्रखरीसँग भने, “काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा हुनेछ ।” 

सुदूरपश्चिम प्रदेशको धनगढीलगायत क्षेत्रमा पनि वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा पनि अहिले वर्षा भइरहेको उनको भनाइ छ । 

“आज वर्षा भए पनि हिजोको जस्तो देशका धेरै स्थानमा भने वर्षा हुने छैन । हिजो देशका अधिकांश स्थानमा पानी परेको थियो । कतिपय स्थानमा भारी वर्षा पनि भएको थियो,” उनले भने, “तर आज भने त्यति धेरै भारी वर्षाको सम्भावना छैन । तर वर्षा भने हुनेछ ।” 

भोलिबाट भने मौसममा केही सुधार हुनेछ । “भोलिबाट मौसममा केही सुधार हुनेछ । बुधबारबाट भोलिभन्दा थप सुधार हुनेछ,” उनले भने । 

नेपालमा अहिले स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसका कारण वर्षाको भइरहेको हो । बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुले वर्षा गराइरहेको मौसमविद् पुडाशैनीले बताए । 

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro