site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामापत्र बुझाएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” उनले राजीनामापत्रमा लेखेका छन्, “आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवसँगै सोही पार्टीका तर्फबाट वन राज्यमन्त्री बनेका दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

आफू अमेरिकामा रहेका बेला प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाइदिएको यादवको आरोप छ ।

जसपा, नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् । उक्त पार्टीलाई निर्वाचन आयोगमा निवेदन दिएको २० घण्टा पनि नबित्दै आधिकारिकता दिएपछि यादवसमूह आक्रोशित थियो ।

वर्तमान सरकारमै बसेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै गठबन्धन ढाल्न यादव लागिपरेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।

पालैपालो प्रधानमन्त्री बन्ने लोभमा यादव लागेर देउवासँग नयाँ गठबन्धन गर्न लागेको आरोप सत्तापक्षको थियो ।
 

efdg-1715578184.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro