site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. केसीको सत्याग्रह : पूरा होला माग ?

काठमाडौं । २२औँ सत्याग्रहको पाँचौँ दिनमा आइपुग्दा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएको छ । उनले आफ्ना समर्थक र भेट्न आउनेहरूसँग पनि बोलचाल कम गरेका छन् । 

हालसम्म स्लाइन तथा कुनै औषधिको प्रयोग भने गर्नु नपरेको डा. केसीका समर्थक विजयबाबु शिवाकोटीले जानकारी दिए ।तीनबुँदे माग राख्दै डा. केसीले गएको शनिबारदेखि २२औँ सत्याग्रह सुरु गरेका हुन् । 

यी हुन् तीनबुँदे माग 
१. सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने । निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।

२. सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गरियोस् ।

Global Ime bank

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी, गेटामा तुुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu