site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफको लगातार तेस्रो जित

काठमाडौं । ललितपुर मेयर कप महिला च्याम्पियनसिपमा एपीएफले लगातार तेस्रो जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ललितपुर मेयर–११ विरुद्ध आठ विकेटको सहज जित निकालेको हो । खेलमा ललितपुरले प्रस्तुत गरेको ७२ रनको लक्ष्य एपीएफले ९.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

Dabur Nepal
NIC Asia

 एपीएफलाई जित दिलाउन कप्तान सीता रानामगरले ५० रन बनाइन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । यस्तै, मम्ता चौधरीले १६ रन जोडिन् । इन्दु वर्मा र रोमा थापा समान एक रनमा अविजित रहे ।

ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल खडा गरेको थियो ।

ललितपुरकी कप्तान पुजा महतोले २४ र ज्योत्सनिका मरासिनीले २१ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफकी रेखा रावल र निशा भट्टले समान एक विकेट लिए ।

प्रतियोगितामा लगातार तेस्रो जित निकालेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको ललितपुर तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro