site stats
बाह्रखरी :: Baahrakhari
देश
गुठीको जग्गामा नक्कली मोही खडा गरेर 'घुस लिने' समूह दोषी ठहर

काठमाडौं । धनुषाको भरतपुरमा नेपाली सेनाका लागि खरिद गरिएको गुठीको जग्गामा नक्कली मोही खडा गरेर घुस लिएको अभियोग लागेकाहरू भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्ययायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

अदालतले शत्रुधन जयसवाल र गायत्री जयसवाललाई नक्कली मोही खडा गर्ने बिचौलिया सुमनकान्त ठाकुरलाई ६३ लाख ३६ हजार ६६७ रुपैयाँ बिगो कायम गरी सजाय निर्धारणका लागि यही जेठ १३ गतेको पेसी तोकेको छ ।

यस्तै, कार्यालय प्रमुख राजबाबु पाण्डेलेलाई चार लाख ३० हजार चेकमार्फत लिएर मतियार बनेको भन्दै दुई लाख १५ हजार जरिवाना र पाँच महिना कैद हुने फैसला भएको छ ।

Global Ime bank

कार्यालयका सहायक प्रशासक मनोजकुमार आचार्यलाई एक वर्ष ६ महिना कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

नक्कली मोही बनेका गायत्री र शत्रुधनले भने सफाइ पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu