site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्जर सम्झौता गरेका प्रभु र सेन्चुरीको नाफा एक अर्ब दुई करोडभन्दा बढी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केही समयअघि मर्जरको सम्झौता गरेका प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो त्रैमासमा नाफा बढाएका छन् । गत आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकको नाफा औसत १२.६२ प्रतिशतले वृद्धि भएको छ ।

यी दुई बैंकको नाफा एक अर्ब दुई करोड ३५ लाख रुपैयाँ छ । जसमा प्रभु बैंकको नाफा ७० करोड ५० लाख छ । सेन्चुरी बैंकको नाफा ३१ करोड ८५ लाख रुपैयाँ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा प्रभुको नाफा १०.७९ प्रतिशतले वृद्धि भएको छ । सेन्चुरीको नाफा १६.६२ प्रतिशत कायम छ ।

गत वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले ६३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सेन्चुरी बैंकले २७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यी बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै नाफामा वृद्धि भएको हो । खुद ब्याज आम्दानी प्रभु बैंकको ३८.७० प्रतिशतले वृद्धि भएको छ । सेन्चुरी बैंकको ६०.२२ प्रतिशतले वृद्धि भएको छ ।

Royal Enfield Island Ad

यी दुई बैंक एकापसमा मर्जपछि चुक्ता पुँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ कायम हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ छ । सेन्चुरीको नौ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro