site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुरामको पार्टीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, दुई कार्यकाल मात्र हुन पाइने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । 

घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपिल गरिएको भट्टराईले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

भट्टराईले मुलुकको आर्थिक विकासका लागि समतामूलक समृद्धिको अवधारणा अगाडि सारेको गर्दै त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दीगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख गरेको बताए ।

Royal Enfield Island Ad

त्यस्तै, छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने तथा उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्राएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लड्न लागेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro