site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
डब्ल्यूएचओका सिरिया प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप
SkywellSkywell

लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यालयका प्रमुखमाथि लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ ।

उक्त कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कार समेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् ।

Dabur Nepal
NIC Asia

एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अरू सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्चपदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढंगले कोष र दाताहरूले दिएको रकम दुरुपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज  एपीले हात पारेको हो ।

म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि, उनले ती आरोपलाई अपमानजनक भनेकी छन् ।

उनीविरुद्ध १२ कर्मचारीले उजुरी गरेका थिए । उजुरीपरेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । उक्त संस्थाले उनीविरुद्धको आरोपको छानबिन भइरहेको र त्यसनिम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको जनाएको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro