site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दुखी आत्मा’का तीनवटा पोस्टरले पनि खुलाएन कथा  

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘दुखी आत्मा’मा दयाहाङ राईलाई  प्राथमिकता दिँदै फिचर्ड गरिएको छ । 

चलचित्रको फर्स्टलुक पोस्टरमा हल्का नसामा प्रेमिकाका साथमा, मोबाइलमा भिडियो हेर्दै गरेको र समूहमा गरी दयाहाङलाई फिचर्ड गरिएको छ । 

तीनवटा पोस्टरमा दयाहाङ देखिए पनि उनी को हुन् र कस्तो भूमिकामा छन् भन्ने प्रष्ट हुँदैन । उनलाई केन्द्रमा राखेर यो चलचित्रले कस्तो कथा भन्दै छ भन्ने पनि निर्माणपक्षले खुलाएको छैन । 

तीनवटा पोस्टरमा दयाहाङ र आँचल शर्मासँगै अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । चलचित्रमा कवि श्रवण मुकारुङका दशवटा कविता समेटिएको छ ।

फागुन २ गते रिलिज हुने चलचित्र क्लक वर्क क्रिएशनको ब्यानरमा हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदीप ढकाल कार्यकारी निर्माता छन् । आलोक शुक्लाले खिचेको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro