site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भयो । असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा आज कात्तिक ३ गते विधिवत् समापन गरियो । उपराष्ट्रपतिले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्रीले गरे । 
 
प्रतियोगितामा  नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले सबैभन्दा धेरै पदक जित्यो भने नेपाल पुलिस क्लब द्वितीय र सशस्त्र प्रहरी बल तृतीय भए । आयोजक गण्डकी प्रदेश प्रदेशमध्ये धेरै पदक जितेको छ ।
 
विभिन्न खेलका ४० जना खेलाडीको एन्टी डोपिङ परीक्षण पनि गरिएको छ । राष्ट्रिय खेलकुदको इतिहासमा यो पहिलो अभ्यास हो । पदक जित्न खेलाडीले  शक्तिवर्धक औषधि प्रयोग गरेका भए परीक्षणबाट थाहा पाइनेछ । 
 

अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक प्रदेशहरूमध्ये सबैभन्दा कम पदक जित्ने कर्णालीमा २०८१ मा आयोजना हुनेछ । नवौँ राष्ट्रिय खेलकुदको समापनकै क्रममा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो । 
 
प्रतियोगिताका क्रममा पोखरामा मात्रै साढे ६ सयभन्दा बढी खेलाडी घाइते भएका छन् । धेरैजसो खेलाडीमा सफ्ट सामान्य चोटपटक, मर्किने र हड्डी भाँच्चिनुका साथै डेंगुको संक्रमण पनि भएको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् । 

Agni Group

पोखराबाहिर कति खेलाडी घाइते भए र तिनको उपचार कसरी भइरहेको छ भन्ने जानकारी समेत प्रतियोगिता आयोजकसँग छैन । यसले घाइते खेलाडीको सङ्ख्या बढी हुनसक्ने त देखाउँछ नै आयोजकहरूको गैरजिम्मेवार प्रवृत्ति पनि उजागर गरेको छ ।

समग्रमा, राष्ट्रिय खेलकुद प्रतियोगिताले पाउनुपर्ने महत्त्व भने पाएको देखिएन । यो प्रतियोगिता देशभर राष्ट्रिय महोत्सवका रूपमा उल्लासपूर्वक मनाइनु पर्नेथियो । विगतमा त राष्ट्रिय खेलकुदलाई सरकार र समाज दुवैले विशेष महत्त्व पनि दिने गरेका थिए । 

Global Ime bank

हुनत, आयोजकको सामाजिक हैसियतका कारण पनि प्रतियोगिताले अपेक्षित महत्त्व नपाएको हुनसक्छ । तर नेपाली समाजमा व्याप्त राजनीतिक नशाका कारण पनि साहित्य, संस्कृति वा खेलकुदजस्ता सामाजिक गतिविधिको उपेक्षा हुने गरेको हो । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समाज र सरकार दुवैको चासो तथा संलग्नता बढी नै देखिएको छ । यस्तो प्रवृत्ति नकारात्मक नै त नहोला तर यसका कारण राष्ट्रको सर्वाङ्गीण विकास भने टाक्सिन्छ । 

समाजको सन्तुलित विकास र सभ्यतातर्फको यात्रा सहज बनाउने हो भने देशले राजनीतिक क्रियाकलापमा पनि सन्तुलन कायम गर्नुपर्छ । राजनीति पनि महत्त्वपूर्ण होला तर जनजीवनको पूर्णताका लागि भने खेलकुद, साहित्य, संगित, चित्रकला र विज्ञानको उन्नति अपरिहार्य हुन्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC