देश

काठमाडौं । धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले झारफुक गर्ने क्रममा ती महिलाकै घरमा बलात्कार गरेकोे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १२:५८
प्रतिक्रिया दिनुहोस्