site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्चरीमा गण्डकी ७ स्वर्णसहित टिम च्याम्पियन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरीमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । कुल १३ स्पर्धामा भएको प्रतिस्पर्धामा गण्डकीले सबैभन्दा धेरै ७ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल १२ पदकसहित च्याम्पियन बनेको हो । 

दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) क्लब तेस्रो बन्यो । एपीएफले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक जित्यो । 

नेपाल पुलिस क्लबले १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुदूरपश्चिमले १ रजत र २ कास्यसहित ३ पदक तथा वाग्मती प्रदेशले १ कास्य मात्र जितेर छैटौँ बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रहे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्णपदक जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजतपदक जित्दा एपीएफका विराट थापा कास्यपदकमा सीमित भए । गंगा र तिलक वरीयतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौँ वरीयतामा छन् ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्णपदक जितिन् । बजगाईंले रजतपदक जित्दा आर्मीकै ज्ञानु अवालेले कास्यपदक जितिन् । वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छिन् । ज्ञानु तेस्रो वरीयतामै छिन् ।

Royal Enfield Island Ad

कम्पाउन्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्णपदक जिते । पराजित क्षेत्रीले रजतपदकमा चित्त बुझाउँदा सुदूरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै कास्यपदकमा सीमित भए । वरीयतामा जागृत पहिलो नम्बर र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरीयतामा छन् ।

कम्पाउन्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्णपदक जित्दा वरियतामा अघि रहेकी आचार्य रजतपदकमा सीमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै कास्यपदक जितिन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस)ले स्वर्ण पदक जिते । ¥याङकिङ राउन्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्तीमगर ६–५ स्कोरले पछि पर्दै रजतपदकमा सीमित भए । वाग्मतीका फर्माचन शेरचनले तेस्रो हुँदै कास्यपदक जिते । शेरचन पाँचौँ वरीयतामा थिए । 

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजतपदक जित्दा आर्मीकी शारदा विक तेस्रो हुँदै कास्यपदकमा सीमित भए । वरीयता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् ।

कुल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार ६ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेस र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिस्पर्धा गराइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro