site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ बानेश्वरको बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो, रेस्टुरेन्ट र मिठाई पसल पनि फोहोर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ ।

आज काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा  स्वच्छता नभएको पाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि. ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफुल पसलको अनुगमन गरिएको थियो ।

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरू चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरूलाई खास चासो देखिएन । भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाई कमजोर छ । उनीहरूले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने बस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरूको प्रयोग देखिन्छ ।

Global Ime bank

यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ । निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको बताए । उनका अनुसार व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ ।

“थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो । यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरूको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ,” डा. झाले भने ।

पर्वलक्षित अनुगमनका क्रममा महानगरले आजदेखि बजार हेर्न थालेको हो । उपभोक्ताहरूले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको हो ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय