site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा तापक्रम घट्यो, तराईमा उस्तै
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आइतबार (आज) तापक्रम केही घटेको छ । शनिबार (हिजो)को तुलनामा तापक्रम घटेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका अनुसार, यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम वर्षकै बढी ३५.३ डिग्री सेल्सियस थियो ।

विभागका अनुसार, सन् १९९९ अप्रिल २६ मा काठमाडौंको अधिकतम तापक्रम ३५.६ डिग्री सेल्सियस थियो । त्यसयताको उच्च तापक्रम शनिबार मापन गरिएको हो ।

Dabur Nepal
NIC Asia

सन् १९९४ मे ४ मा काठमाडौंको अधिकतम तापक्रम ३५.२ डिग्री सेल्सियस थियो । शनिबार त्योभन्दा बढी तापक्रम गरिएको महाशाखाले जनाएको छ । २०१५ जुन ६ मा काठमाडौंको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस थियो ।

काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

गएको जेठ २८, १७ र जेठ ११ गते काठमाडौंको अधिकतम तापक्रम समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तराईमा उस्तै
तराईका कतिपय स्थानमा आइतबार पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

महाशाखाले आइतबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये यस दिन नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार (हिजो) नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो ।

आइतबार धनगढीको अधिकतम तापक्रम ४२.८, वीरेन्द्रनगरको ४१.४, दिपायलको ४१.२, घोराहीको ३८.६, भैरहवाको अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाका अनुसार, शनिबार धनगढीको अधिकतम तापक्रम ४२.७, वीरेन्द्रनगरको ४०.६, दिपायलको ४२.०, घोराहीको ३८.१, भैरहवाको अधिकतम तापक्रम ३९.३ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

हाल देशको पूर्वी भूभागमा मनसुन प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार बेलुका सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro