site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यधिक प्रिमियम लिएर आम्दानी बढाउने रणनीतिमा बैंकहरू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले नवीकरण गरिने ऋणको ब्याजदर मनपरी ढंगले बढाएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूले लिने ‘फी’ तथा कमिसन आम्दानीमा कडाइ गरेकारले ऋणको ब्याजदर बढेसँगै नयाँ ऋणमा तथा पुराना ऋणमा लिइने ब्याजदर पनि बढ्ने भएको हो ।

गत असोजमा बचतको ब्याजदर बढाएका बैंकहरूले आगामी कात्तिकमा आधारदर (बेसरेट) बढाएर ऋणको ब्याजदर बढाउने छन् । राष्ट्र बैंकले निक्षेपको ब्याजदर प्रत्येक महिना बढाउन तथा घटाउन सक्ने व्यावस्था गरेको छ भने कर्जाको ब्याजदर तीन महिनामा मात्र थपघट गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकहरूले गत फागुनदेखि बढाएको थिएनन् । बैंकहरूले ब्याजदर एक्कासी असोजमा बाढाएका थिए । आर्थिक वर्षको तीन महिना बितेकाले बैंकहरूले कर्जाको ब्याजदर बढाउने छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

असोजमा बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदा लागत बढेकाले बैंकहरूले कात्तिकमा कर्जाको ब्याजदर बढाउने भएका हुन् । कात्तिक १ गतेदेखि लागु हुनेगरी वाणिज्य बैंकहरूले नयाँ बेसरेट सार्वजनिक गर्ने त्यसमा थप प्रिमियम कायम गरी ऋणीलाई दिइने कर्जामा ब्याजदर निर्धारण गर्ने छन् । यसअघि बैंकबाट कर्जा लिएकाहरूको पनि ब्याज बढ्नेछ ।

बैंकहरूले आधारदरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्छन् । निक्षेपको ब्याजदर जति बढ्दै गयो आधारदर पनि सोही अनुरूप बढ्दै जान्छ । बैंकहरूमा हाल तरलता अभाव रहेको छ । यसले गर्दा बैंकहरूले निक्षेप तान्दा असोजमा ब्याज बढाएका थिए । यसरी ब्याजदर बढाउँदा पनि बैंकका तरलता संकटको अवस्था उस्तै रहेपछि बैंकहरूले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका छन् । तर, कर्जाको ब्याजदर भने बढ्नेछ । बैंकहरूले आधार दरका आधारमा मात्र ऋणको ब्याज बढाउँदैनन् । निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर (स्प्रेडदर)लाई पनि बढाउँदै लगेका छन् । बैंकहरूको स्प्रेडदर हाल ४ प्रतिशतसम्म पुगेको छ । तरलता संकटमा नयाँ ऋण लगानी ठप्प भएकाले नवीकरण गरिने ऋणबाट प्राप्त हुने ब्याजदर बढाएर बैंकहरूले आम्दानीको स्रोत बनाएका छन् । 

Royal Enfield Island Ad

राष्ट्र बैंकको नीतिले गर्दा अहिले ऋणीले महँगो ब्याजमा बैंकको ऋण लिनुपर्ने बाध्यता  छ । बैंकको ब्याजदर अत्याधिक बढेको भन्दै ब्यापारिक संगठनहरूले पनि विरोध गर्न थालेका छन् । कतिपय व्यवसायीले त बैंकको ब्याज तिर्न नसकेर व्यापार व्यावसाय नै बन्द गर्नुपर्ने बाध्यता उत्पन्न भएको बताउँदै आएका छन् । बैंकहरूको १० देखि ११ प्रतिशतसम्म प्रिमियम लिन सक्ने भएकाले अब निर्धारण हुने बैंकको बेसरेटले ऋणको ब्याजदर निर्धारण गर्ने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro