site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएको छ ।

आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्रांगणमा उपस्थित हुने उनले बताए ।

जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो ।

Global Ime bank

जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले बताए ।

311571422_3210062752581019_6622859429614343173_n1665896553.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय