site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण
SkywellSkywell

काठमाडौं । आसन्न निर्वाचनका सिलसिलामा ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगबाट स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीलगायत विषयमा स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई स्पष्टीकरण सोधिएको छ ।

यस्तै, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे, प्रतिनिधिसभातर्फ नुवाकोट क्षेत्र नम्बर–१ बाट उमेदवार बनेका बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको उनले बताए ।

यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro