site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा दुई महिलाकाे हत्या गरी मासु खाएकाे आराेपमा तीनजना पक्राउ
Siddhartha BankSiddhartha Bank

नयाँदिल्ली । भारतमा आफ्नो अनियन्त्रित याैन इच्छा पूरा गर्न हत्या गरिएका दुईजना महिलाका शवका केही भाग खाएको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । 

 ७५ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भुक्तान गरिसकेका बलात्कारका अभियुक्त मुहम्मद साफी, हाइकु कवि तथा मसाज पार्लरका मालिक भागवल सिंह र उनकी पत्नी लैला सिंहलाई प्रहरीले पक्राउ गरेको हो । 

केरला प्रहरीका अनुसार उनीहरूविरुद्ध मानव बलि दिएकाे, यातना र हत्या गरेको तथा करिब ५० वर्षीया दुई महिलाको अंगभंग गरेको र उनीहरूकाे केही भाग खाएको अभियोग लगाइएको छ ।

Agni Group
NIC Asia

आराेपितविरुद्ध बुधवार मुद्दा दायर गरिएको हो । अहिलेसम्म उनीहरुविरुद्ध पदमाम र रोज्ली नामक ती महिलाको हत्या गरेको मात्र अभियोग लगाइएको छ । तर, प्रहरीले उनीहरूले अरूकाे पनि हत्या गरेको हुनुपर्ने आशंका गरेको छ ।

पदमामकी बहिनीले दिएको सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । उनले २६ सेप्टेम्बरमा अन्तिम पटक आफ्नी दिदीलाई साफीको कारमा देखेको प्रहरीलाई जानकारी दिएकी थिइन् । साफी अभियुक्त दम्पतीका तान्त्रिक गुरु रहेको बुझिएको छ । साफीले पतिको उपस्थितिमा नै लैला सिंहसँग यौन सम्पर्क राख्ने गरेको तीनैजनाले स्वीकारेका छन् । 

Global Ime bank

साफीविरुद्ध पदमामको हत्या गरेको र लैलाविरुद्ध रोज्लीको शिर छेदन गरेको आरोप लगाइएको छ । साथै लैलाको पतिलाई भने खानका लागि रोज्लीका स्तन काटकुट पारेको आरोप लगाइएको छ । 

केरला प्रहरी आयुक्तले साफी पागल र यौन दुराचारी भएको र यौन इच्छा पूरा गर्न उनी हत्या गर्नसमेत पछि नहट्ने स्वभावको भएको इन्डिया टाइम्सलाई बताएका छन् । 

नक्कली फेसबुक साइटमार्फत आर्थिक मद्दत गर्नेबारे विज्ञापन दिएर तथा आफ्नो पनि जापानी कविता ‘हाइकु’मा रुचि भएको सूचना दिएर उनले सिंह दम्पतिलाई आफूतर्फ आकर्षित पारेको देखिन्छ । अनुसन्धानबाट हत्या ६ जुन र २६ सेप्टेम्बरमा भएको पत्ता लागेको छ । 

स्थानीय प्रहरीका अनुसार साफीले चिठ्ठा बेच्ने गरेका ती महिलालाई ललाइफकाइ आफ्नो घरमा ल्याउन सिंह दम्पतिलाई निर्देशन दिएका थिए । लैला सिंहले आर्थिक समृद्धि हुने अन्धविश्वासमा रोज्लीको मासु खाएको र आफ्नो पतिले उनको जवानी कायम रहने भनिएकाले पदमामको संवेदनशील अंग खाएको स्वीकारेकी छन् । अन्य अंग सिंहको घरको बगैँचामा लुकाइएकाे अवस्थामा प्रहरीले फेला पारेको छ ।  

डेलीबिस्टबाट । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय