site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला क्रिकेट : प्रदेश–१ को पहिलो जित, पुलिस अपराजित हुँदै सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश–१ ले नवौँ राष्ट्रिय खेलकदको महिला क्रिकेटमा शुक्रबार सान्त्वना विजय हासिल गरेको छ । प्रदेश–१ ले लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई सात विकेटले हराएको हो । 

शुक्रबारै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले हराएको हो । हारका बाबजुद लुम्बिनीले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित १६.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो । ५४ रनको लक्ष्य प्रदेश–१ ले ६.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जिते पनि प्रदेश–१ प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘बी’मा तीन खेलबाट ६ अंक जोडेको नेपाल पुलिस शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउँदा तीन अंक जोडेको लुम्बिनी उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । समान तीन अंक जोडेको प्रदेश–१ रनरेटका आधारमा पछि परेपछि प्रतियोगिताबाट बाहिरिएको हो । 

५४ रनको लक्ष्य पूरा गर्ने क्रममा प्रदेश–१ का निशा शाहले १८ र लकिता राजवंशीले १४ रन जोडिन् । कर्णालीका यमुना थारु र अञ्जु गुरुङले एक एक विकेट लिए । 

Global Ime bank

त्यसअघि कर्णालीका लागि यमुनाले २१ रन जोडेकी थिइन् । कप्तान विना थापाले ११ रन बनाउनुबाहेक कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

प्रदेश–१ की लकिता राजवंशीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर ४ विकेट लिइन् । एलिशा खडियाले तीन विकेट लिँदा निशा शाह र भवानी कमातीले एक एक विकेट लिए । 

शुक्रबारै सम्पन्न पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२.५ ओभरमा सबै विकेट गुमाएर १५ रनमात्र जोड्न सक्यो ।

लुम्बिनी प्रदेशका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका सात खेलाडीले रनको खाता खोल्न सकेनन् । कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै लुम्बिनीको इनिङ्समा बनेको व्यक्तिगत  ठूलो स्कोर हो । 

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लबका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाइन् । अप्सरी बेगमले १० रन जोडिन् ।

लुम्बिनीकी सुस्मिता भुसाल र मनिशा रानाले समान दुई विकेट लिए । मधु डीसी र कमला जीएमको नाममा एक एक विकेट रह्यो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय