site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेन्नाईविरुद्ध पञ्जाव सात विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सले चेन्नाई सुपर किंग्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ । बुधबार एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १६३ रनको लक्ष्य पञ्जावले १७.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । 

पञ्जावको जितमा जोनी बेइर्स्टोले ४६ रन बनाए । रिले रोसोउले ४३, कप्तान साम करनले २६, सशांक सिंहले २५ र प्रभसिम्रन सिंहले १३ रन थपे ।

चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसोन र शिवम दुवेले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको थियो । 

चेन्नाईका कप्तान रितुराज गाइकवाडले ६२ रन बनाएका थिए । अजिक्या राहाणेले २९, समिर रिज्वाले २१, मोइन अलीले १५ र महेन्द्रसिंह धोनीले १४ रन थपे । 

पञ्जावका हरप्रित ब्रार र राहुल चहरले समान दुई विकेट लिए । कगिसो रबाडा र अर्शदीप सिंहले एक–एक विकेट लिएका थिए ।  

प्रतियोगितामा चौथो जित निकालेको पञ्जाव १० खेलबाट आठ अंकसहित तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro