site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस कार्यसम्पादन समिति बैठक सुरू
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । जारी बैठकले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । यसैका लागि कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।  

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल हुनेछ ।   

आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणपत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिसकेको छ ।
     
निर्वाचनमा दलहरुका उमेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उमेदवारलाई यही असोज २६ गते चुनाव चिह्न प्रदान गरेसँगै सबै उमेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro