site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारुढ गठबन्धनबाट अलग भए पनि जनता समाजवादी पार्टी ९जसपा०का मन्त्रीहरूले पदबाट राजीनामा गरेका छैनन् । सत्तामा बसेर विपक्षी गठबन्धनबाट चुनाव लड्ने अनैतिक अभ्यास नेपाली राजनीतिमा फेरि देखियो । 
 
यस्तै अराजनीतिक अनैतिकताको उदाहरण रौतहटका एकजना उमेदवारले प्रदर्शन गरेका छन् । नेकपा (एमाले)बाट उमेदवारीको पत्र बुझेर पनि स्वतन्त्र उमेदवारी दिएर एमालेलाई उमेदवारहीन हुने गरी धोका दिए । यथार्थमा यो राजनीतिका नाममा भएको अराजनीतिक अभ्यासको निकृष्ट उदाहरण हो ।  
 
 अगिल्लो निर्वाचनका बेला अहिले सत्ताको प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले सरकारमा बस्दाबस्दै विपक्षी दलसँग गठबन्धन गरेर चुनाव लड्ने अराजनीतिक र अनैतिक अभ्यास गरेको थियो । उतिबेला माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरूको जिम्मेवारी खोसिएको थियो ।
 जसपाले पनि चित्त नबुझेपछि विपक्षी एमालेसँग गठबन्धन गर्नु अनुचित वा अस्वाभाविक होइन । तर, सत्तारुढ गठबन्धनविरुद्ध विपक्षीसँग तालमेल गरिसकेपछि सरकारमै बसिरहनु भने अराजनीतिक र अनैतिक कार्य हो । 
 
 यस्तै, आफूलाई चित्त नबुझे कुनै पनि व्यक्तिले स्वतन्त्र वा अर्कै दलबाट उमेदवारी दिए हुन्छ । त्यसलाई अवसरवादिता भनिएला तर अपराध वा धोका भन्न मिल्दैन । तर, कुनै दललाई धोका दिएर एउटा निर्वाचन क्षेत्रमा उमेदवारविहीन बनाउनु भने अनैतिक अपराध नै हो । 

संविधान मस्यौदा गर्दा राजनीतिक दलका नेताहरूमा यस प्रकारको अनैतिकता उत्पन्न हुने अवस्थाको कल्पना गरिएको देखिन्न । यसैले जसपाका मन्त्रीहरू वा रौतहट धोकेवाज राजनीतिकर्मीलाई अदालतबाट सजाय पनि नहोला । 
 
परन्तु, राजनीतिकर्मीको बेइमानी र अनैतिकतामा जनताको अदालतमा मुद्दा लाग्छ भने सजाय पनि जनताले नै दिनुपर्छ । यस प्रकारको अनैतिक अभ्यासमा पनि जनताले सजाय नदिने हो भने लोकतन्त्र उपहासमात्र बन्न पुग्छ । 
 
अगिल्लो निर्वाचनमा अनैतिक संस्कार प्रदर्शन गर्ने माओवादी केन्द्रका मन्त्रीलाई एमालेले स्वागत र संरक्षण गरेको थियो । अहिले पनि त्यस्तै अनैतिकता देखाउने जसपाका मन्त्रीहरूले एमालेकै संरक्षण र सहयोग पाएका छन् । सायद, यही कारणले रौतहटमा गरिएको षड्यन्त्रविरुद्ध एमालेका नेताहरू मौन प्रायः रहेको हुनुपर्छ । एमालेमात्र होइन अरू दलका नेताले समेत यस्तो अनैतिकताको निन्दा गर्नुपर्थ्यो ।
 
राजनीति गर्नेहरूले नैतिकतालाई तिलाञ्जलि दिएपछि जनतामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुनु अस्वाभाविक होइन । जनताले यस्तो आक्रोश र वितृष्णा प्रकट गर्ने उपयुक्त अवसर भने निर्वाचन नै हो । अहिले मतदाताको विवेक नपुगे यही र यस्तै चक्र चलिरहन्छ । यसैले अनैतिकहरूलाई परास्त गरेर पाठ सिकाउनु जनताको पनि कर्तव्य हुन्छ ।
 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC