site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशको प्रस्ताव : अख्यितारको प्रमुख आयुक्त खुल्ला प्रतिस्पर्धाबाट चयन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तहरू खुल्ला प्रतिस्पर्धाबाट चयन गर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले संविधान संशोधन गर्दा अख्तियारको नेतृत्व गर्ने व्यक्ति संवैधानिक परिषद्‌बाट सिफारिस र संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने प्रावधान हटाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार प्रतिनिधिभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले त्यस कोणबाट बहस हुनुपर्ने बताए ।

“संवैधानिक परिषद्मा प्रधानन्यायाधीशबाहेक सबै राजनीतिक व्यक्ति हुन्छौँ । राजनीतिक दलको सदस्यता नभएको मानिस नियुक्ति गर्न खोज्छौँ,” उनले भने, “खुला प्रतिस्पर्धाबाट जाने विधिको खोजी गर्न उपयुक्त हुन्छ कि ?”

शर्माले प्रमुख आयुक्त नियुक्तिसम्बन्धी केही अहिलेकै प्रावधान ठीक भए पनि संवैधानिक परिषद्बाट सिफारिस गर्ने विषयमा समीक्षा आवश्यक रहेको बताए । “खरदारको नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट हुन्छ । लोकसेवाको प्रक्रिया पूरा गरेर आउनुपर्छ । अख्तियारको नेतृत्व गर्ने व्यक्ति संवैधानिक परिषद्बाट नियुक्त गर्ने विषयमा समीक्षा गरेर जानुपर्छ,” शर्माले बैठकमा भने ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्