site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भीम रावलको नजरमा राजनीतिक अनैतिकताका दुई नमुना : कमल थापा र उपेन्द्र यादव !

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवको नैतिकतामाथि प्रश्न गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले थापाले एमालेको सूर्य चिह्न लिएर उमेदवार भएकोप्रति असन्तुष्टि जनाएका हुन् । साथै उनले जसपाले सरकारमा भएर पनि प्रतिपक्ष दल एमालेसँग तालमेल गरेकोप्रति आपत्ति जनाएका छन् । 

"राजनीतिक अनैतिकताका दुई नमुना : कमल थापाले आफू एमालेको सूर्य चिन्ह लिएर उमेदवार हुने तर आफ्ना पार्टीका अरू उमेदवारलाई तीर चिह्नमा लडाउने र उपेन्द्र यादवको जसपा गठबन्धन सरकारमा रहिरहने तर चुनावी तालमेल एमालेसँग  गर्ने ! कमल थापालाई औँल्याएर निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी सार्वजनिक रूपमा प्रष्ट्याउनुपर्ने । यस्तैलाई एमालेले महत्त्वका साथ बोक्ने ! के हुन लाग्यो !," उनले भनेका छन् ।

कम सिट मिल्ने भएपछि जसपाले सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेको छ । अर्कोतिर कमल थापा एमालेको सूर्य चिह्नबाट चुनाव लड्दैछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro