site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुलिस क्लबको विजयी सुरुआत, लुम्बिनी र प्रदेश–१ को खेल नै भएन 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल पुलिस क्लबले सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा कर्णालीमाथि ६३ रनको विजय हासिल गरेको छ । 

वर्षाले खेल प्रभावित भएपछि १६ ओभरमा खेल छोट्याइएको थियो । दोस्रो इनिङ्समा पुन वर्षाले प्रभावित भएपछि कर्णाली प्रदेशले १०.२ ओभरमा ८१ रनको लक्ष्य पाएको थियो । तर, कर्णालीले ७ विकेट गुमाएर १७ रन बनाउन सक्यो । र, पुलिस डर्कवर्थ लुइस पद्धतीअनुसार ६३ रनले विजयी भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘म्याट’ ओछ्याएर खेलाइएको पोखरा रंगशाला नेपाल पुलिस क्लबकी कप्तान रुविना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि ब्याटिङ थालेको पुलसले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । 

पुलिस क्लबका लागि सम्झना खड्काले २५ रन बनाउँदा काजल श्रेष्ठ र कविता कुँवरले समान १६ रन बनाए । रेवती धामीले १४ रन जोडिन् । कर्णालीले १८ अतिरिक्त रन दिएको थियो । 

Global Ime bank

कर्णालीका अञ्जु गुरुङले तीन विकेट लिइन् भने विना थापा र एञ्जिला क्षेत्रीले एक एक विकेट लिए । 

८१ रनको लक्ष्य पछ्याएको कर्णालीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दीक्षा पुरीले बनाएको ७ रन नै कर्णालीको इनिङ्समा बनेको सबैभन्दा ठूलो स्कोर हो । 

पुलिस क्लबका सबनम राई, संगिता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमयी रोयले एक एक विकेट लिए । 

वर्षाकै कारण आजै तय भएको दोस्रो खेलमा एक बल पनि खेल्न सम्भव भएन । खेल सम्भव नभएपछि प्रदेश एक र लुम्बिनी प्रदेशले एक एक अंक बाडेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement