इस्लामाबाद । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको छ ।
उक्त सहरको बोनार्डास क्षेत्रमा आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । पाकिस्तानी डन न्युजका अनुसार उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्याएका थिए ।
फराज खान नाम गरेका व्यक्तिको घरको छत खसेको र उनको परिवारको नौजनाको निधन भएको समाचारमा जनाइएको छ । फिराज भने घरबाहिर रहेकाले घटनामा बँचेका थिए ।
मृत्यु हुनेमा फराजकी श्रमिती खिना बिवी, छोराहरु–बक्रतुल्लाह, शराफउल्लाह, शदाकतुल्लाह, शिफयातुल्लाह रहेका छन् । फराजकी छोरीहरु लिलान, किरण, नुसरत र नुजाहतको पनि निधन भएको समाचारमा जनाइएको छ ।