विदेश
मस्को । रुसले क्रिमियाको एक मात्र पुलमा सुरक्षा सतर्कता बढाएको छ । शनिबार ठूलो विस्फोट भएपछि रुसले त्यहाँ सुरक्षाकर्मीको संख्या बढाएको हो ।
उक्त विस्फोटमा परी तीनजनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । त्यो पुल सन् २०१४ मा युक्रेनबाट क्रिमियासँगै रुसमा गाभिएको थियो । क्रिमिया त्यसअघि युक्रेनको भूभाग थियो ।
अधिकारीहरूले क्षतिग्रस्त खण्डहरू तुरुन्तै पुनर्निर्माण गर्न सुरु गरिने बताएका छन् । रुसका उपप्रधानमन्त्रीले पुलका भत्किएका भागहरू तुरुन्तै हटाउन आदेश दिएका छन् ।
उक्त पुल दक्षिणी युक्रेनमा सैन्य उपकरण, गोलाबारुद र सेनाको आवागमनका निम्ति रुसका लागि महत्त्वपूर्ण मानिन्छ । बीबीसीबाट ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १६:२०
प्रतिक्रिया दिनुहोस्