विदेश
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले उच्च आर्थिक मन्दीको चेतावनी दिएको छ ।
आईएमएफले २०२३ को लागि विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई फेरि एकपटक घटाएको छ र विश्वको आर्थिक वृद्धि चार ट्रिलियन डलरले कम हुने प्रक्षेपण गरेको छ ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बिहीबार जर्जटाउन विश्वविद्यालयमा परिस्थिति राम्रो हुनभन्दा पहिले खराब हुने सम्भावना बढी हुने बताइन् ।
आईएमएफले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई २०२२ को लागि ३ दशमलव २ प्रतिशत र अब २०२३ को लागि २ दशमलव ९ प्रतिशत गरी पहिले नै तीन पटक घटाइसकेको छ ।
स्रोत : इन्डियन एक्प्रेस
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ २३:४७
प्रतिक्रिया दिनुहोस्