site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दसैँमा बाबाको सम्झना
Sarbottam CementSarbottam Cement

बाबा ! हजुरले हामीलाई छोडेर गएको धेरै समय त भएको छैन, तर मलाई युग–युग बितेजस्तो लाग्दै छ । हुन त प्रकृतिको नियमानुसार यस धरामा जन्म लिएपछि मृत्युवरण अवश्यम्भावी छ भनिन्छ । अन्ततः सबैले यो संसार छाड्नु नै पर्छ । यो प्रकृतिको अकाट्य नियम हो ।

तर, किन–किन हजुरको देहान्त मैले स्वीकार गर्नै सकेको छैन । हजुर साथमा हुँदा संसार आफैँसँग भएजस्तो भान हुन्थ्यो । सबै कुराले पूर्णजस्तो थियो घर पनि । तर, आज घर–आँगन मात्र होइन, सम्पूर्ण परिवेश नै शून्य लाग्दै छ ।

मैले स्कुल पढ्दा, कलेज पढ्दा मात्रै होइन, जागिर गर्दा पनि मेरो साथ, समर्थन र मेरा हरेक समस्याहरूका समाधान बाबासँग थिए । जीवनका अनेक असफलतामा पनि कहिल्यै निरास हुन दिनु भएन । सधैँ उत्प्रेरित नै गरिरहनुभयो ।

Prabhu Bank
Agni Group
NIC Asia

स–सानो समस्या पर्दा पनि बाबाको मार्गदर्शन खोज्ने म आज कुहिरोको कागजस्तो भएको छु । कोसँग सुख, दुःख बाँड्ने ? बिलखबन्दमा परेको छु । बेसहारा महसुस गरिरहेको छु ।

दुःखमा मात्र होइन, सुख र खुसीको पलमा समेत हजुरको अभाव हुँदो रहेछ । हजुरको अनुपस्थितिमा प्राप्त भएका उपलब्धि पनि फिका–फिका लाग्ने रहेछन् । जस्तै संकटको बेलामा पनि धैर्यताका साथ मलाई ढाडस दिने हजुर नहुँदा आज साँच्चै म अभिभावकविहीन भएको महसुस गरेको छु ।

Global Ime bank

कसैले ‘बाबा’ शब्द उच्चारण गरेको सुन्दा हजुरलाई सम्झन्छु । टोलाउँछु । मनमनै सोच्छु, कति प्रिय रहेछ बाबा शब्द ।

मानसपटलमा ताजै छन्, घरमा हजुरको प्रतीक्षा अनि हजुरको सामीप्यमा रमाएका पलहरू । कति प्रिय लाग्थ्यो हजुरले किनिदिएको सामान्य शर्ट पाइन्ट । तर, आज आफूले किनेको कोट पाइन्ट पनि मलाई मन पर्दैन । कति मिठो लाग्थ्यो हजुरले ल्याइदिएका खानेकुरा । तर, आज सबै नीरस, स्वादविहीन अनि फगत प्राण धान्ने खानेकुराजस्तो लाग्छ ।

आफूले जति नै दुःख गरे पनि हामीलाई कहिल्यै अभाव महसुस हुन दिनु भएन । पछिल्ला समय, दिन, राम्रै बित्दो थियो । हामी सबै खुसी थियौँ । सुखी थियौँ । तर, यत्तिकैमा हजुरको घाँटीमा समस्या देखियो । आवाज स्पष्ट आइरहेको थिएन । स्थानीय अस्पतालको उपचारले ठिक नभएपछि काठमाडौंको अस्पतालमा जाँच गराउँदा डाक्टर साहबले क्यान्सरको शंका गर्नुभयो ।

घाँटीको अपरेसनपश्चात् लिइएको बायोप्सीको रिपोर्टमा ‘थर्ड स्टेज’को क्यान्सर देखियो । म छाँगाबाट खसेजस्तो भएँ । पूरै पृथ्वीले च्यापेजस्तो भयो । तर, हजुर यति कडा रोग लाग्दा समेत कत्ति पनि विचलित हुनु भएन । उल्टै मलाई सम्झाउनुभयो ।

हजुरलाई बचाउने लाख कोसिस गरियो । तर, दैवको लीला कसले पो टार्न सक्थ्यो र । हाम्रा सबै प्रयास असफल भए । हामीलाई साहस दिँदादिँदै हजुरले मृत्युसँगको त्यो लड़ाइँ जित्न सक्नु भएन ।

पछिल्लो समय हजुरको बिमार बढ्दै जाँदा हजुरसँग बिताएका पल, अस्पतालको बसाइमा हजुरले दिएका सन्देश अनि मृत्यु जित्न हजुरले गरेको अदम्य साहसको म वर्णन गर्न सक्दिनँ । गम्भीर बिरामी भएको बखत भेट्न आउने आफन्त एवं शुभचिन्तक अनि डाक्टर र नर्सहरूसँग हजुरले गर्ने ख्यालठट्टा र अविचलितपना पनि साँच्चै नै स्मरणीय छ । तर, कति निष्ठुरी दैव, हजुरलाई हामीबाट यति चाँडै खोसेर लग्यो ।

छोराले आफ्नो नामका अगाडि डाक्टर लेखेको अनि आफ्नो छुट्टै पहिचान बनाएको हेर्ने रहर हजुर यस धर्तीमा हुँदा पूरा गर्न नसके पनि हजुरको चाहना पूरा गर्न लागिपरेको छु, बाबा !

दसैँको परिवेशमा आज अनायसै हजुरको धेरै सम्झना आयो । मन भतभती पोल्यो । छटपटी लाग्यो । यो ब्रह्माण्डको कुनै स्थानबाट हामीलाई महसुस गर्दै हुनुहुन्छ भने सपनीमा भए पनि दर्शन दिनुहोला, बाबा !

संसारमा चाँडै नै बाबा गुमाएका सबै छोराछोरीहरूको पीडा मेरोजस्तै त होला ! यही सोच्दै आफ्नो मन बुझाउँदै अगाडि बढ्दै थिएँ । तर, यो दसैँले हजुरको सम्झना फेरि बल्झाइदियो ।

हजुरको उपस्थितिमा दसैँ, तिहार आउँदा लाग्थ्यो– मभन्दा आनन्दित कोही छैन । तर, आज त्यो अवस्था छैन । तथापि, यो महान् चाड मनाउनैपर्ने रहेछ ।

आज अनायसै झरेका आँसुको बहावलाई पन्छाउँदै हजुरको सम्झनामा यी दुई–चार शब्द कोर्ने प्रयास गरेँ, मिस यु बाबा !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement