राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् ।
बुधबार दसैको शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् ।
टीका ग्रहण गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, "बडादसैँको अवसरमा आज दाजु रथी नेत्रबहादुर थापा(अप्रा) र भाउजु अमिताको हातबाट टीका र आशिर्वाद ग्रहण गरेँ । साथै,परिवारका सदस्यहरूलाई टीका प्रदान गरी यसपटकको बडादसैँ रमाइलोसँग सम्पन्न भयो । दुर्गा भवानीले सबैको रक्षा गरून् । सबैको जय होस् ।"
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९ १४:४१
प्रतिक्रिया दिनुहोस्