site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश, ल्यायो उपहारको बहार
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रूपमा स्थापना भएको बैंक २३ वर्षसम्म आइपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल बैंकको रूपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ । 

बैंकले अनवरत रूपमा साथ, सहयोग र विश्वास गर्ने ग्राहकहरूप्रति बैंक सदैव अनुग्रहित जनाएको छ । 

KFC Island Ad
NIC Asia

यस अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । उनले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

त्यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गरे । उनले बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरूलाई बधाई तथा धन्यवाद दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।  

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले पनि बैंकलाई आजको स्थानमा ल्याई पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

माछापुच्छ्रे बैंकले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू (MBL M SMART, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमान्डूमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २०% वा अधिकतम ३०० रूपैयाँ, MBL M SMART मार्फत पहिलोपटक मोबाइल टपअप गर्दा १०% वा अधिकतम १०० रूपैयाँ, MBL M SMART मार्फत २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रूपैयाँसम्म पाइनेछ ।

यसैगरी सीजी डिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रूपैयाँ सम्मको क्यासब्याकहरू (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजारमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रूपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रूपैयाँ  सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro