![मनास्लुमा फेरि हिमपहिरो (भिडियोसहित)](https://12khari.top/uploads/posts/him-pahiro11664695221.jpg)
काठमाडौं । मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ । तर, कुनै मानवीय क्षति भएको छैन ।
आज बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो ।
हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको उनले बताए । “तल्लो बेसक्याममा हिमपहिरो खसेको हो । मानवीय क्षति भएको छैन । केही टेन्टमा क्षति पुगेको जानकारी आएको छ,” उनले बाह्रखरीसित भने ।
हिमालमा यस किसिमका सानोतिनो पहिरो खस्नु सामान्य भएको उनको भनाइ छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
यसअघि, यही असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो । त्यति बेला दुईजनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए ।
“त्यति बेला बेसक्याम्प–३ मा हिमपहिरो खसेको हो । आज खसेको हिमपहिरो बेसक्याम्प–१ मा हो,” सहायक प्रजिअ बरालले भने ।
भिडियो हेर्नोस्–
Avalanche on Manaslu Base Camp this morning. Video ©: Tashi Lakpa Sherpa. pic.twitter.com/9d47irPWzI
— Everest Today (@EverestToday) October 2, 2022