site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियाको फुटबल खेलमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौं । इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ । 

यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ । 

शनिबार राति खेलपछि मैदानमा आक्रमण गर्ने समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । करिब १८० जना घाइते भएका थिए । 

पूर्वी जाभामा स्थानीय टोली अरेमा एफसी पर्सेबायासँग २–३ ले पराजित भएको थियो । 

इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री रंगशालाको ३८ हजार दर्शक क्षमताभन्दा चारहजार बढी दर्शक रहेको बताए । 

राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा नभएसम्म इन्डोनेसियाको शीर्ष लिगका सबै खेल बन्द गर्न आदेश दिएका छन् । 

सन् १९६४ मा लिमामा पेरु–अर्जेन्टिना ओलम्पिक क्लालिफायरमा भागदौड हुँदा ३२० जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।

सन् १९८५ मा बेल्जियमको ब्रसेल्सको हेसेल रंगशालामा लिभरपुल (इंग्ल्यान्ड) र युभेन्टस (इटली)बीचको युरोपियन कपको फाइनलमा भत्किएका पर्खालमा समर्थकहरू ठोक्किएर ३९ जनाको मृत्यु भएको थियो भने ६०० जना घाइते भएका थिए । 

यूकेमा शेफिल्डको हिल्सबरो रंगशालामा हुलदंगा हुँदा नटिङ्घम फरेस्टविरुद्ध एफए कप सेमिफाइनलमा लिभरपुलका ९७ जना समर्थकको मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro