site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
विश्वयुद्धमा मृत्यु भएका ६० हजार नेपालीकाे स्मृतिमा समाधिस्थल निर्माण हुँदै
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थल । तस्बिर/रासस
SkywellSkywell

लेखनाथ । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।

पाँच अर्ब रुपैयाँको गुरुयोजना बनाइ साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार् तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रस्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए ।

Dabur Nepal
NIC Asia

पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो ।

बेलायती सेनामा भर्ना भइ प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म १५ करोड रुपैयाँ खर्च भइसकेको छ । पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विसं २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो ।

समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ । फेदीखोला –१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न गर्‍याैँ भने साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताए ।

पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले समाधि निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताए ।

गेसोले गोरासरह पेन्सन र समान सुविधा गोर्खालाई पनि उपलब्ध गराउनुपर्ने, विश्व युद्धबन्दी र युद्धमा मारिएका ६० हजारका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको अधिकार माग गर्दै बेलायती अदालतमा मुद्दा दर्ता गरी २७ वर्षदेखि लड्दै आएको जानकारी अध्यक्ष गुरुङले दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro