site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काश्मिरका चलचित्र हल १४ वर्षपछि पुनः सञ्चालन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

श्रीनगर । भारत प्रशासित काश्मिरमा १४ वर्षपछि चलचित्र हलहरू पुनः सञ्चालन गर्न थालिएको छ ।

धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ । अरू हलहरू पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

तीन वर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासनअन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

धेरै जनधनको क्षति हुने गरी चलेको झन्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरू विस्थापित भएकाले चलचित्र हलहरू बन्द भएका थिए ।

अहिले चलचित्र देखाउन थालिए पनि दर्शकको संख्या भने अत्यन्त न्यून रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झन्डै एक दर्जन मात्र दर्शक रहेको उनीहरूले जानकारी दिएका छन् ।

Royal Enfield Island Ad

चलचित्र प्रदर्शनीको सुरुवात गएको सेप्टेम्बर २० तारिखमा गरिएको थियो । त्यसको उद्घाटन काश्मिरका लागि भारतका उच्च प्रशासक मनोज सिन्हाले गरेका थिए । सो चलचित्र हलको सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् ।

“मानिसले अझै पनि चलचित्र हेर्नेतर्फ सोचेको देखिएको छैन । उनीहरू चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन अझै केही समय लाग्न सक्छ । त्यो स्वभाविक हो,” एक स्थानीयले भने ।

अर्का एक स्थानीयको भनाइ थियो, “चलचित्रका बारेमा आम नागरिकको फरक–फरक धारणा पाइन्छ । कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन् । मैले भने यसलाई प्रगतिको संकेतका रूपमा लिन्छु ।”

शनिबारको दीवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा कुल सिट संख्याको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइएको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro