site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुरेश जोशीका दुई कविता 
Sarbottam CementSarbottam Cement

जुकरबर्गको युग
निर्लज्जताले लाज छोपी
कायरतापूर्ण हुँकारका साथ
षड्यन्त्रपूर्ण बहादुरी देखाउँदै
रंगमञ्चको कमजोर पात्रझैँ
आफ्नो हैसियतको असलियत
आफू नै उदांगो पार्दै छ
दुनियाँ भन्छ– छि...छि...
ऊ भन्छ– आहा !
दुनियाँ भन्छ– दूर दूर
ऊ भन्छ– मेरै खोजी हुँदै छ ।

मेचीमा कति पानी बगिसक्यो
महाकालीका कति मुहान सुके
उसलाई कुनै हेक्का छैन 
समयको गतिसँगै बगिरहेको समाज
नवीनताको खोजीमा छ
ऊ भने पुरानै राजनीतिशास्त्रका पाना पल्टाउँदै ठिक्क ।

समाजशास्त्रीले नयाँ सिद्धान्त प्रतिपादन गरिसके
मानवशास्त्री नवीन सिद्धान्तको खोजमा छन्
इतिहासले कोल्टे फेरिसक्यो
विज्ञानले नयाँ चमत्कार
ऊ भने जड्सूत्रवादीझैँ
मार्क्सवाद घोक्दै छ
समाजवादको पुरानै रटान अलाप्दै छ

Prabhu Bank
Agni Group
NIC Asia

जुकरबर्गको यो युगमा
दुनियाँ एक भइसक्यो
उत्तरी ध्रुवमा भात पाकेको खबर
दक्षिणी ध्रुवमा निमेषभरमा भाइरल हुन्छ
ऊ भने अझै पनि सन्देश पुर्याउने
परेवाको बखान गर्छ
चन्द्रमामा मानवबस्ती बसाउने योजानामा रहेको
विश्वमञ्चसामु
सीमान्तकृत बस्तीको अवस्था सुधार्ने भाषण गर्दा
तालीको अपेक्षा गरिरहन्छ ।

क्षणभरमा विश्वको जनसंख्या गन्ने प्रविधिसामु
जनताको भाग्य र भविष्यको फैसला हेतु
महिनौँ लगाएर
मतपत्रका ठेली थुक लगाउँदै
विजय पराजयको घोषणा गरिरहेको ऊ
ध्वाँस दिँदै भनिरहेको छ–
म एक्काइसौँ शताब्दीको
नवीन राष्ट्र निर्माणमा तल्लीन छु

Global Ime bank

००० 

चुनाव
मुक्तिनाथकी शेर्पिनीलाई
तिब्बतीयन सल बिक्ला कि नबिग्ला भन्ने पिर छ
बेलुका छोराछोरीको मुखमा माड लाग्ला कि नलाग्ला भन्ने औडाहा
घरको चुलो बाल्नकै जोहो गरिरहेकी उनलाई
संविधान मिचेका कुरासँग बाल मतलब !

त्यहीँ वर
जोमजोस क्षेत्रमा ट्याक्सी चलाउने कुमार
‘के दिए ?’ भन्दै प्रतिप्रश्न गर्छन् 
सडक छैन, सिँचाइ छैन, गरिखाने उपाय छैन
गुनासाका पुलिन्दा खोल्दै भन्छन्–
यिनलाई भोट हाल्नुभन्दा हात किच्याउँछु

ठिनिकी थकाल्नी दिदी
आएका पाहुनालाई
मुलाको अचारमा टिमुरको छोप मिसाउँदैमा ठिक्क छन्
‘जुग बित्यो परिवर्तन अनुभूति गर्न पाइएन
चुनावमा कुरै ठूला’ – उनी फतफताउँछिन्

कहिले प्रतिगमन भयो
कहिले सत्ता स्वेच्छाचारी भयो
अनि मिचियो संविधान
सुन्दासुन्दा कान पाक्न थाले
जोमसोमका व्यापारीको गुनासो छ–
गर्ने नि यिनै, गराउने नि यिनै
कसलाई सुनाउँछन्
कसले सुन्छ ?

हिमालपारिको यो भूगोलमा
नीलगिरि हाँस्दा उनी हाँस्न सकेका छैनन्
न त धौलागिरिजस्तै मौन बस्न सकेका
कालीगण्डकीको पागलपनझैँ
भौँतारिरहेका उनी
तारणहार
मुक्तिनाथको पनि भर पर्न सकेका छैनन्
देशभित्र चुनावी सरगर्मी बढ्दा
हिमाली भेकका यी निरीह जनता भने
बहिष्करणको मुडमा
विद्रोहको आवाज बुलन्द पार्दै छन् ।

(डडेलधुरा) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement