site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समानुपातिकका नाममा चरम भागबन्डा र परिवारवाद लादियो, कुनै हालतमा मान्दैनौँ : चन्द्र भण्डारी
Siddhartha BankSiddhartha Bank

कांग्रेस सिध्याउने अधिकार कसैलाइ छैन : चन्द्र भन्डारी
बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

"कांग्रेस सिद्धिनुभएन । राजाका बेला नसिद्धिएको, माओवादीका बेला नसकिएको कांग्रेसलाई अहिले आफ्नैबाट सम्स्यामा परेको छ," भण्डारीले भने ।

Agni Group
NIC Asia

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुनेसमेत चेतावनी दिए । उनले समानुपातिक सूची सच्चाएरै छाड्ने र विवादित मान्छेलाई सूचीबाट हटाउनेसमेत दाबी गरे । 

कांग्रेस अबको चार वर्षपछि कांग्रेस आफूहरूको नेतृत्वमा आउने समेत ठोकुवा गरे ।

Global Ime bank

उनले मंसिर ४ मा सही नेतृत्व छनोट गर्न र नेता छान्ने बेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताए ।

एमालेले हरेक प्रश्नको जवाफमा वृद्धभत्ताको रटान मात्रै गर्ने गरेको टीप्पणी गर्दै उनले उनीहरूको एजेन्डा नै नभएको र अरूलाई गाली गर्ने काम मात्रै भएको आरोप लगाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu